site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं उपत्यकामा ३२ जनाको ज्यान गयो, १२ जना अझै बेपत्ता

काठमाडौं । निरन्तरको वर्षाका कारण निम्तिएको विपद्‌का घटनाका कारण काठमाडौं उपत्यकामा ३२ जनाको ज्यान गएको छ । शनिबार दिउँसोसम्म काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका हुन् ।

यसैगरी, काठमाडौंमा १०, ललितपुरमा पाँच र भक्तपुरमा दुई जना गरी जम्मा १७ जना घाइते भएका छन् । यस अवधिमा उपत्यकाबाट एकहजार ५३ जनाको उद्दार गरिएको छ ।

Argakhachi Cement Island Ad

यस्तै, काठमाडौंमा एक र ललितपुरमा ११ गरी कुल १२ जना बेपत्ता छन् । उद्धारकार्यका लागि उपत्यकामा चारहजार ५१० जना प्रहरी परिचालन गरिएको छ ।

 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्