site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा मुसलधारे वर्षा, दशौं हजार मानिस विस्थापित

हङकङ । दक्षिणी चीनमा मुसलधारे वर्षाका कारण सो क्षेत्रमा आएको बाढीबाट जोगाउन दशौं हजार मानिसलाई अन्यत्र सारिएको छ । 

यही जुन ९ यता सो क्षेत्रमा नौजना मानिसको मृत्यु भएको छ । सहरी क्षेत्रमा जताततै पानी भरिएको जनाइएको छ । चीनको राष्ट्रिय ब्रोडकास्टर सीसीटिभीले शुक्रबार जनाएअनुसार ९ जनाको मृत्यु  स्थानी गुआङदोङ प्रान्तको मैझूमा भएको थियो । सोंग्युयन र शिकु नदीमा ठूलो बाढी आएको छ । 

दक्षिणी प्रान्त १२७ मिलियन मानिसको लागि ‘इकोनोमिक पावर हाउस’को रूपमा चिनिने गरेको छ । तर, पछिल्ला वर्षमा सो क्षेत्र गम्भीर बाढीबाट प्रभावित भइरहेको छ । 

वैज्ञानिकहरूले मौसम अझै नियमित रूपमा यसै हिसाबले अघि बढ्न सक्ने जनाएका छन् । यो हप्ताको सुरूमा १० हजारभन्दा बढी मानिस मैझू क्षेत्रबाट विस्थापित भएका थिए । सो क्षेत्रमा करिब १३ हजार मानिस विद्युत्विहीन अवस्थामा रहेका जनाइएको छ । सीएनएन
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro