site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हजमा हजारभन्दा बढी मानिसको मृत्यु, २८ सय बिरामी 

रियाद । साउदी अरेबियामा हजका निम्ति गएका मानिसको ठूलो संख्यामा मृत्यु भएको छ । सयौँ मानिस बिरामी परेका छन् । त्यहाँको असुविधा र अव्यवस्थाका कारण साउदी सरकारको आलोचना गरिएको छ ।

औपचारिक रूपमा विभिन्न देशले कुल ५६२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । एएफपीले जनाएअनुसार, मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगिसकेको छ । बिरामी हुनेको संख्या दुई हजार ७६४ पुगेको साउदी सरकारले जनाएको छ ।

सबैभन्दा बढी इजिप्टका ३२३ जनाको मृत्यु भएको छ । यस्तै, ३५ पाकिस्तानी, ओमानका ४१, ६० जोर्डनी, ट्युनिसियाका ३५, इन्डोनेसियाका १३६ मानिसको मृत्यु भएको जनाइएको छ ।

जोर्डनले आफ्नो देशका ८४ नागरिक बेपत्ता भएको जनाएको छ । हज सुरु हुनुअघि नै केही यात्रीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।

हज गर्ने स्थान भारतीय, पाकिस्तानी र बंगलादेशीका निम्ति असुविधायुक्त र अरबी मुलुकका हकमा सुविधायुक्त भएको केही हजयात्रीले आरोप लगाएका छन् । त्यहाँको सेवा सुविधा जनावरलाई गरिने खालको भन्दा खराब र पानीको अभाव भएको हजयात्रीले आरोप लगाएका छन् ।

त्यहाँ ज्यान गुमाउने हजयात्रीका शव उनीहरूका मुलुकमा लैजान नमिल्ने व्यवस्था छ । त्यहीँ अन्तिम संस्कार गरिने जनाइएको छ । उनीहरूले आफ्नो मृत्यु भएमा दाहसंस्कार त्यहीँ गर्ने पहिल्यै फाराम भरेका कारण परिवारले दाबी गर्न नमिल्ने व्यवस्था छ । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro