site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीदेखि लुम्बिनीसम्म वर्षा, गण्डकीमा भारी वर्षाको सम्भावना 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । मनसुन प्रणाली सक्रिय भएका स्थानका केही भू–भागमा वर्षा भइरहेको हो । 

गण्डकी प्रदेशको थोरै तथा कोसी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहनेछ । लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी प्रदेशका केही स्थान, कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

हाल मनसुन प्रणालीको प्रभाव कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशका सबै भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा रहेको विभागको भनाइ छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro