site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद खनालको प्रश्न : विमानस्थल प्वाल परेर उडान अवरुद्ध हुँदा १६ लाख पर्यटक कसरी भित्रिन्छ ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले विमानस्थल लामो समय बन्द हुँदा त्यसको असर के होला भन्दै प्रश्न उठाएका छन् । 

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा उनले सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित बजेट पारित गर्ने तयारीमा रहेको बताए । केही समाचारका हेडलाइन वाचन गर्दै उनले रनवे प्वाल पर्नु र उडान बन्द हुँदा बजेटको लक्ष्यमा कस्तो असर पर्छ भन्दै प्रश्न गरे । 

“रनवेमा प्वाल पर्नु जोखिमपूर्ण मानिन्छ । पछिल्लो समय बढ्दै गएको तापक्रमको परिवर्तनले थप समस्या सिर्जना हुन सक्ने आकल गर्न सकिन्छ,” उनले भने, “तसर्थ रनवे निर्माण र विस्तार गर्ने क्रममा सरकारले तापक्रममा आउँदै गरेको परिवर्तनलाई पनि  उपयुक्त हुने कम्पोजिसन मिश्रणको गुणस्तरको स्तरवृद्धि गर्न पहल गर्नुपर्छ ।”

उनले पोखरा र भैरहवाको एयरपोर्टलाई सञ्चालन गर्ने तर्फ तुरुन्त ध्यान दिन पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro