site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वाग्मती प्रदेशसभा बैठक अवरुद्ध, अर्काे बैठक शुक्रबार बस्ने

हेटाैँडा । वाग्मती प्रदेशसभाको बिहीबार अपराह्न बसेको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित प्रतिपक्ष दलहरूको विरोधपछि स्थगित भएको छ ।

कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले बैठकको प्रारम्भमा विशेष समय माग गरी प्रदेश सरकारले यही असार १ गते पेस गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले प्रकाशित गरेको रातो किताबमा तथ्यांक नमिलेको भनी सरकारको विरोध गरे । 

Dabur Nepal
NIC Asia

उनले बजेट वक्तत्वमा उल्लेख भएबमोजिम रातो किताबमा बजेट संशोधन गरी नल्याएसम्म बैठक चल्न नदिने अडान व्यक्त गरे । संसद्‌मा प्रतिपक्ष कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदहरूको करिब २० मिनेट नाराबाजीपछि सभामुख भुवन पाठकले बिहीबार अपराह्न ३ः०० बजेसम्मका लागि बैठक स्थागित भएको जानकारी दिए ।

यसैबीच, वाग्मती प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री, अर्थसचिव र प्रमुख प्रतिपक्ष दल कांग्रेससहित  राप्रपा र  मजदुर किसान पार्टी संसदीय दलका नेताबीच बैठक सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिँदै राप्रपा संसदीय दलका नेता उद्धव थापाले अब अर्काे बैठक भोलि शुक्रबार बिहान ११ः०० बजे बस्ने गरी सहमति भएको जानकारी दिए ।

साथै, वाग्मती प्रदेशसभाले पनि सूचना जारी गरेर बिहीबार अपराह्न ३ बजेका लागि बाेलाइएकाे बैठक विशेष कारणवस शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएकाे जानकारी दिएकाे छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro