site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । 

बिहीबार स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए । अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार र एक खेल बराबरी खेलेको थियो । 

Dabur Nepal
NIC Asia

नेपालले अमेरिकामा दुई खेल र वेस्ट इन्डिजमा समान दुई खेल खेलेको थियो । अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै, श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएसँगै दुवै टोलीले समान एक–एक अंक बाँडेका थिए । 

त्यसपछि वेस्ट इन्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनको अन्तरले पराजित भएको थियो । त्यस्तै, समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro