site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इंग्ल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले हरायो

काठमाडौं । ओपनर फिल साल्टको अर्धशतकप्रेरित इंग्ल्यान्डले आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ को आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

बिहीबार डारेन सामी राष्ट्रिय क्रिकेट रंगशालामा वेस्ट इन्डिजले प्रस्तुत गरेको १८१ रनको लक्ष्य इंग्ल्यान्डले १५ बल बाँकी छँदै दुई विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्यान्डको जितमा ओपनर फिल साल्टले ८७ रन बनाए । साल्टले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे । जोनी बेरेस्टोले २६ बलमा पाँच चौका र दुई छक्कासहित ४८ रन थपे । ८४–२ को अवस्थाबाट यी दुईले ९७ रनको अविजित साझेदारी गर्दै इंग्ल्यान्डलाई जितसम्म डोर्‍याएका हुन् ।

कप्तान जस बटलरले २५ र मोइन अलीले १३ रन जोडे ।

वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेजले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८० रन बनाएको थियो ।

वेस्ट इन्डिजका जोन्सन चार्ल्सले ३८ रनको योगदान गरे । निकालेस पुरन र कपतान रोभमन पावेलले समान ३६ रन जोडे । सेर्फाने रथरफोर्डले २८ र ब्रान्डन किंगले २३ रन बनाए ।

इंग्ल्यान्डका जोफ्रा आर्चर, आदिल राशिद, मोइन अली र लियम लिभिङ्स्टोनले समान एक विकेट लिए ।

प्रतियोगितामा वेस्ट इन्डिज समूह ‘सी’को शीर्ष र इंग्ल्यान्ड समूह ‘बी’को दोस्रो स्थानमा रहँदै सुपर–८ मा आएका हुन् ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro