site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती प्रदेशसभा : बजेटमाथि छलफल सुरु हुँदै

मकवानपुर । वाग्मती प्रदेशसभाको बिहीबार बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेटमाथि छलफल सुरु हुने भएको छ । 

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गत असार १ गते प्रस्तुत गरेको प्रदेश सरकारको आव २०८१/०८२ को बजेट वक्तव्यको प्रतीक र विभिन्न मन्त्रालयको बजेट शीर्षकमा छलफल सुरु हुनेछ । असार ८ गतेभित्रै बजेट पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । 

असार १ गते बजेटको प्रस्तुतीकरण सकिएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले असार ६ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro