site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा बिहानैदेखि वर्षा, कोसी र गण्डकीमा भारी वर्षाको सम्भावना 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस र वाग्मती प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । 

काठमाडौं उपत्यकामा गएरातिदेखि नै वर्षा भइरहेको छ । 

कोसी र मधेस प्रदेशमा पूर्णतया बदली छ । वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आन दिउँसो कोसी,  मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

“काठमाडौं उपत्यकामा अहिले पनि वर्षा भइरहेको छ । दिउँसो पनि वर्षा हुनेछ,” मौसमविद् सरोज पुडासैनीले बाह्रखरीसँग भने, “दिनभर वर्षा नभए पनि केही समय रोकिने र पुनः पानी पर्नेक्रम आज चलिरहनेछ ।” 

उनका अनुसार वाग्मती प्रदेशमा मनसुनी प्रणाली अनुकूलको वातावरण रहेको छ । यद्यपि, स्थानीय वायु र भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रणालीले कोसी प्रदेशबाहेकका क्षेत्रमा वर्षा भएको उनको भनाइ छ । 

यसैबीच, पूर्वी नेपालका केही जिल्लामा अहिले पनि वर्षा भइरहेको छ । सिराहा, उदयपुर, सप्तरी, रौतहट, सर्लाही, धनकुटा, सुनसरी, मोरङ र झापा आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । 

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।  

भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागको आग्रह छ । दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ । 

गएराति सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा पनि वर्षा भएको छ । तर उक्त प्रदेशमा भएको वर्षा स्थानीय वायु र भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रणालीका कारण भएको मौसमविद् पुडासैनी बताउँछन् । 

हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro