site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मनसुन सक्रिय हुन थालेसँगै देशभरको तापक्रम घट्यो, धनगढीमा सबैभन्दा धेरै गर्मी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । देशभर क्रमिकरूपमा मनसुन सक्रिय हुन थालेपछि तापक्रम घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम  घटेको छ ।

काठमाडौंमा भने मंगलबारको तुलनामा तापक्रम केही बढेको छ । मंगलबार काठमाडौंको तापक्रम २९.२ डिग्री सेल्सियस मापन गरिएकोमा आज ३०.६ डिग्री सेल्सियस पुगेको छ ।

पश्चिम नेपालका तराईका जिल्लाहरूको तापक्रम भने अझै उच्च छ । तर, तुलनात्मकरूपमा तापक्रम घटेको तथ्यांकले देखाउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

धनगढीमा मंगलबार ४३.१ डिग्री सेल्सियस मापन गरिएको तापक्रम आज ४२.३ डिग्री सेल्सियसमा झरेको छ । जुन आज मापन गरिएको तापक्रममध्ये देशकै उच्च हो ।

Global Ime bank

नेपालगन्जमा मंगलबार मापन गरिएको ४३.६ डिग्री सेल्सियस तापक्रमबाट ४१.५ डिग्री सेल्सियसमा झरेको छ ।

दिपायलमा मंगलबार ४२.४ डिग्री सेल्सियस मापन गरिएकोमा आज ४०.२ डिग्री सेल्सियसमा झरेको छ ।

वीरेन्द्रनगरमा ४०.९ डिग्री सेल्सियसबाट ४०.१ डिग्री सेल्सियसमा झरेको छ । घोराहीमा ३९.५ डिग्री सेल्सियसबाट ३८.४ डिग्री सेल्सियसमा झरेको छ ।

मंगलबार जनकपुरमा ३३.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएकोमा आज ३१.४ डिग्री सेल्सियसमा झरेको छ ।

जुम्लामा मंगलबार ३१.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । आज त्यहाँ २९.८ डिग्री सेल्सियसमा झरेको छ ।

ताप्लेजुङमा भने मंगलबार २०.२ डिग्री सेल्सियस मापन गरिएकोमा आज २२.५ डिग्री सेल्सियस पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

विगतको आँकडा

महाशाखाका अनुसार, काठमाडौंको हालसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । 

नेपालमा हालसम्मकै उच्च तापक्रम भने सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement