site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव : मन्त्री तामाङ
फाइल तस्बिर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव रहेको बताएका छन् । बुधबार सांस्कृतिक संस्थानको ५२औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कृति समाज रुपान्तरणको सशक्त माध्यम भएको उल्लेख गरे । 

उनले नेपाल बहुल जातजातिको सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र भएकै कारण संस्कृतिबाटै समृद्धिको आधार निर्माणतर्फ विशेष ध्यानाकर्षण गरी मन्त्रालयले संस्कृतिको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन, दस्तावेजीकरण तथा पुस्तान्तरणका लागि राज्यको नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनलाई जोड दिएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेपाल बहुल जातजातिको सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र भएकै कारण संस्कृतिबाटै समृद्धिको आधार निर्माणतर्फ विशेष ध्यानाकर्षण गरी नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृतिको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन, दस्तावेजीकरण तथा पुस्तान्तरणका लागि राज्यको नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनलाई जोड दिएको छ,” उनले भने । 

मन्त्री तामाङले नेपाल र नेपालीको अस्तित्व र पहिचानसँग जोडिएको संस्कृतिजस्तो संवेदनशील विषयलाई संरक्षणतर्फ विशेष ध्यानाकर्षण हुनु जरुरी रहेको बताए । उनले जातजातिका अमूर्त सांस्कृतिक सम्पदालाई दस्तावेजीकरणसहित विश्व सांस्कृतिक सम्पदामा सूचीकणका लागि विशेष पहल अपरिहार्य रहेको बताए । 
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्