site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारले क्रसर उद्योग नवीकरण गरी व्यवसायीका माग तत्काल सम्बोधन गर्नुपर्छ : सांसद चौधरी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर उद्योग नवीकरण गरी व्यवसायीहरूको माग तत्काल सम्बोधन गर्न माग गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै चौधरीले यस्तो बताएका हुन् । उनले नेपाल क्रसर तथा खानी उद्योग महासंघले कानुनी रूपमा दर्ता भएका २०७७ को मापदण्डको कारण नवीकरण नभएका उद्योगीहरू नवीकरणको माग लिएर आन्दोलन गरिरहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले आन्दोलनरत उद्योगीहरूको माग तत्काल सम्बोधन गरी उद्योग नवीकरण गर्न माग गरे । क्रसर उद्योगीहरूको आन्दोलनमा नेकपा (एकिकृत समाजवादी) पार्टीको ऐक्यवद्धता रहेको उल्लेख गरे । 

गृह मन्त्रालयको रेकर्डअनुसार वैध तथा अवैध गरी एक हजार २८१ वटा क्रसर उद्योगहरू सञ्चालनमा रहेको र सात सय क्रसर उद्योग साना तथा घरेलु उद्योगमा दर्ता रहेको उनले उल्लेख गरे । क्रसर उद्योगमा ५० हजार श्रमिकले रोजगारीमा पाएको भन्दै सरकारले उद्योग नवीकरण नगर्दा रोजगार समेत गुम्ने खतरा बढेको बताए ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement