अर्थ व्यवसाय
काठमाडौं । दूधको भुक्तानी दिन माग गर्दै दूग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् । दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधबार उनीहरूले दूग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौर घेराउ गरेका हुन् ।
उनीहरूले दूग्ध उत्पादक कृषकहरूले दूग्ध विकास संस्थानलगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा ३४ जना किसानलाई प्रहरीले पक्राउ गरेको छ । भुक्तानीलगायत विभिन्न मागसहित पटक–पटक गरेको सम्झौता तथा सहमति समेत कार्यान्वन नभएको उनीहरूको गुनासो छ । –न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: बुधबार, असार ५, २०८१ ०९:४७
प्रतिक्रिया दिनुहोस्