site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एरिकालाई शिरिष फाउन्डेसनको प्रायोजन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पौडीका सफल खेलाडी शिरिष गुरुङको नाममा स्थापित शिरिष फाउन्डेसनले १९औँ एसियाली खेलकुदको करातेमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङलाई प्रायोजन गर्ने भएको छ । फाउन्डेसनका अध्यक्ष ओलम्पियन शिरिष र एरिकाले प्रायोजनसम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरे । सम्झौता एक वर्ष कायम रहनेछ ।

सम्झौताअनुसार फाउन्डेसनले एरिकालाई खेल पोसाक र खेल सामग्री उपलब्ध गराउने, प्रशिक्षण/प्रतियोगिता दौरान घाइते भएमा उपचारको व्यवस्था मिलाउने, प्रोत्साहनस्वरूप मासिक १५ हजार नगद प्रदान गर्ने, उत्कृष्ट प्रदर्शनका लागि छुट्टै विशेष पुरस्कारको व्यवस्था गर्नेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

फाउन्डेसनको यस कार्यमा निलम गहना, पम्प फर जिम, इन्फिनिटी एक्टिभ वेयर र गोल्डस्टार सुजले सहयोग गरेको फाउन्डेसनका सदस्य जगतमान श्रेष्ठले जनाएका छन् ।

प्राविधिक विज्ञको सुझाव अनुसार एरिकालाई छनोट गरिएको फाउन्डेसनले जनाएको छ । यसअघि फाउन्डेसनले बक्सिङकी सुष्मा तामाङ र उसुकी निमा घर्ती मगरलाई प्रायोजन गरेको थियो ।

Royal Enfield Island Ad

सम्झौतापछि एरिकाले नेपाली खेलकुदमा शिरिष नाम नै नयाँ खेलाडीका लागि प्रेरणाको स्रोत भएको बताउँदै फाउन्डेसनसँग जोडिन पाउँदा खुसी लागेको बताइन् ।

अध्यक्ष शिरिषले प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको बताउँदै फाउन्डेसनको उद्देश्यलाई विश्वास गरेर सहयोग गर्नेहरूप्रति आभार व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro