site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
आप्रवासीलाई सजिलो पार्न नयाँ नीति ल्याउँदै बाइडेन
फाइल तस्बिर ।

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकसँग विवाह गरेका हजारौँ कागजातविहीन आप्रवासीलाई सहुलियत दिने खालको कार्यक्रम ल्याउने तयारी गरेका छन् । राष्ट्रपति पदको निर्वाचन हुनुभन्दा केही समयअघि उनले यस्तो तयारी गरेका हुन् ।

उनको यो योजनाका बारेमा जानकार दुई फेडरल अधिकारीले बताएअनुसार अब अमेरिकी नागरिकका कागजातविहीन पति वा पत्नीले अमेरिका छोड्नुपर्ने छैन ।

पहिला अवैध रूपमा छिरेका त्यस्ता व्यक्तिले कम्तीमा १० वर्ष आफ्नो देशमा गएर फेरि अमेरिका आउन आवेदन दिनुपर्ने र त्यो स्वीकृत नहुन पनि सक्ने अवस्था थियो ।

त्यति बेला आफ्नो पति वा पत्नी र बालबालिका अमेरिकामा नै रहेर परिवारबाट टाढा हुनुपर्ने अवस्था थियो । अब ग्रीनकार्ड वा नागरिकताका निम्ति उतै बसेर पनि आवेदन गर्न सकिने व्यवस्था गर्न लागिएको हो । त्यसो गर्दा परिवारसँग छुट्टिनु नपर्ने र खाइरहेको जागिर पनि छोड्नु नपर्ने जनाइएको छ ।

यो नीतिगत परिवर्तन नोभेम्बरमा हुन लागेको चुनावअघि डेमोर्क्र्याटिक राष्ट्रपतिको साहसिक कदम मानिएको छ । 

अमेरिकीसँग विवाह गर्नु अमेरिकी नागरिकताका निम्ति ‘फास्ट ट्रयाक’को बाटो मान्ने गरिन्छ । तर, जो अवैध रूपमा अमेरिका छिरेका छन्, उनीहरूका लागि प्रशासनिक बाधा हुन्थ्यो । यसले गर्दा केही वर्षसम्म अलमल हुने गरेको थियो ।

संघीय कानुनमा यस्ता आप्रवासीले करिब १० वर्ष अमेरिका छोड्नुपर्ने व्यवस्था थियो । नयाँ व्यवस्थाबाट पाँच लाख ‘अनडकुमेन्टेड’ पति वा पत्नी र ५० हजार कागजातविहीन बालबालिका लाभान्वित हुन सक्ने जनाइएको छ । वासिङटन पोस्टबाट ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro