site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनलाई नेटो प्रमुखको चेतावनी : रसियालाई सघाइरहे त्यसको परिणाम भोग्नुपर्नेछ 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वासिंटन । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का प्रमुख जेन्स स्टोल्नेनवर्गले युक्रेनमाथिको आक्रमणमा रसियालाई सहयोग गरिरहे चीनले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

चीनले रसियाको युद्धको प्रयासलाई सघाउने र युरोपेलीसँग पनि सम्बन्ध विस्तार गर्ने दुवै खालका काम एक साथ गरिरहेको समेत उनले आरोप लगाएका छन् । ‘यो लामो समयसम्म चल्न सक्दैन’ स्टोटेनवर्गले बीबीसीसँग वासिंटन भ्रमणका क्रममा भनेका छन् । उनले रासायनिक हतियार र प्रतिरक्षा बजेटको बारेमा समेत चर्चा गरेका छन् । 

रसियालाई चीनको समर्थनका बारेमा केही गर्ने तयारीबारेमा राखिएको जिज्ञासामा उनले नाकाबन्दीको बारेमा कुराकानी भइरहेको समेत जनाएका छन् । ]चीनले थुप्रै प्रविधि सेयर गरिरहेको आरोप लगाउँदै जसमा माइक्रो इलेक्ट्रोनिक पनि रहेको र त्यो रसियाका लागि निकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ । चीनले यो क्रम रोकेन भने कुनै चरणमा गएर कुनै प्रकारको आर्थिक मूल्य भोग्नुपर्ने समेत उनले बताएका छन् । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement