site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महासचिवको कार्यकक्ष घेर्दै संघीय संसद्का कर्मचारीको डेढ घण्टा धर्ना 

काठमाडौं । संघीय संसद्का कर्मचारीहरूले महासचिवको कार्यकक्ष घेर्दै डेढ घण्टा धर्ना दिएका छन् । गत जेठ २९ गतेदेखि सभामुखलाई अतिरिक्त कामका लागि भत्तासहितका ११ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएर संघीय संसद् कर्मचारी युनियनको अगुवाइमा आन्दोलन थालेका थिए । 

कर्मचारीले जेठ ३० र ३१ गते कालोपट्टी बाँधेर काम गरेका थिए । असार २ गतेबाट धर्ना थालेका कर्मचारीहरूले मंगलबार डेढ घण्टा धर्ना दिए । संघीय संसद् कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेलबासेका अनुसार उनीहरूले त्यो समय बढाउँदै लैजाने छन् । 

कोरोना सुरु भएदेखि नै संघीय संसद्ले अतिरिक्त समय काम गरेबापत दिँदै आएको भत्ता समेत रोकिएको थियो । आगामी आर्थिक वर्षमा समेत त्यसका लागि बजेट सुनिश्चितता नभएपछि आन्दोलन गर्नुपरेको उनको भनाइ छ । “कोरोनाको समयदेखि हामीले अतिरिक्त कामका लागि पाउँदै आएको भत्ता कटौती भएको छ । तर, अतिरिक्त समय काम भने गरिहनुपरेको छ,” अध्यक्ष बेलबासेले भने, “बिहान ८ बजे नै समितिका बैठक हुन्छन्, साँझ ८ बजेसम्म सदनका बैठक चल्छन् । हामीले यसबापत कुनै सेवा सुविधा पाएका छैनौँ ।” 

उनले हामीले देश आर्थिक रूपमा अप्ठेरो परेका बेला तलब नबढाएकोमा गुनासो नगरेको भन्दै अतिरिक्त काम गरेबापतको सुविधा भने दिनुपर्ने बताए । गत वर्ष वैशाख १३ मै माग पत्र बुझाएका कर्मचारीका विषयमा तत्कालीन महासचिव डा. भरतराज गौतमले भत्ता दिने निर्णय गरेर सिफारिस गरेका थिए ।

महासचिवको सिफारिस अनुरुप सभामुख नेतृत्वको संघीय संसद् सचिवालय व्यवस्थापन समितिले समेत अतिरिक्त कामका लागि भत्ता दिनेसहितका निर्णय गरेको थियो । तर, अहिलेसम्म सभामुख र राष्ट्रियसभाका अध्यक्ष रहेको समितिको निर्णय नै कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिनुपरेको बेलबासेले बताए ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro