site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्राध्यक्ष र सरकार प्रमुखको विदेश भ्रमणबारे संसद्लाई जानकारी गराइयोस् : प्रदीप पौडेल
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी नगराएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । 

हालै राष्ट्रपति रामचन्द्र पौडेलको जारी जर्मन भ्रमण र प्रधानमन्त्री प्रचण्डको केही दिनअघि सम्पन्न भारत भ्रमणबारे संसद्लाई जानकारी नगराएकोमा आपत्ति जनाएका हुन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले राष्ट्रप्रमुख र सरकार प्रमुखको भ्रमणबारे संसद्लाई जानकारी गराउने परम्पराको अन्त्य नगर्न पनि सरकारलाई सचेत गराए । सांसद पौडेलले वृद्धवृद्धा र अपांगता भएकाहरूलाई घरघर राष्ट्रिय परिचयपत्र वितरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । 

KFC Island Ad
NIC Asia

"अहिले सम्माननीय राष्ट्रपति जर्मनको भ्रमणमा हुनुहुन्छ । केही समय अगाडि सम्माननीय प्रधानमन्त्रीज्यू भारत भ्रमण सकेर स्वदेश फर्कनुभयो । उहाँ फर्केपछि संसद्को बैठक ६ पटक बसिसक्यो । तर, यी दुवै भ्रमणको बारेमा औपचारिक रूपमा संसद्लाई जानकारी गराइएको छैन । राष्ट्राध्यक्ष र सरकार प्रमुखले गर्ने विदेश भ्रमणको बारेमा संसद्लाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस् । म ध्यानाकर्षण गर्न चाहन्छु," उनले भने ।

सांसद पौडेलले संसद् सचिवालयका कर्मचारीको माग जायज रहेको उल्लेख गर्दै तत्काल उनीहरूको माग सम्बोधन गर्न पनि सरकारलाई दबाब दिए । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro