site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विनियोजन शीर्षकमाथि छलफल गर्नु नै बेकार : सांसद सिंह
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले संसद्‌मा मन्त्रालयगत बजेटमाथिको छलफल गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री र मन्त्रीहरूले सुनुवाइ नगर्ने भएकाले संसद्‌मा उक्त बजेटमाथिको छलफलको कुनै अर्थ नरहेको उनको भनाइ थियो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले संसद्‌मा सांसदहरूले बोलेका कुरा बाटोमा हिँड्ने बटुवाले बोलेसरह पनि नहुने गरेको गुनासो गरे ।

“यो बैठकमा सांसदले बोलेको कुनै मतलब छैन । बरु, बाटोमा कोही बोल्छ भने त्यसको मतलब हुन्छ,” उनले भने, “संसद्को हलमा बोल्नेको अहिलेसम्म केही महत्त्व हुन्छ भन्ने मलाई लाग्दैन ।”

उनले अगाडि भने, “त्यसको बाबजुत पनि यो रेकर्ड सिस्टम हो, रेकर्ड गराउनका लागि म केही कुरा राख्न चाहन्छु । विनियोजन शीर्षकमाथि छलफल गर्नु नै यहाँ बेकार छ ।”

सांसद सिंहले शासकहरूमा पञ्चायतकालकै सोच भएकाले संसदीय व्यवस्था पनि नफापेको जिकिर गरे । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro