site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिरामीसँग छुट्टै शुल्क असुल्ने लाइफगार्ड अस्पतालमा रोकियो स्वास्थ्य बिमा सेवा

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले मोरङको विराटनगर महानगरपालिका–५, बरगाछीस्थित लाइफगार्ड अस्पतालमा बिमा कार्यक्रम स्थगन गरेको छ । बिमामा आबद्ध नागरिकको उपचार गर्दा अतिरिक्त रकम असुलेको पाइएपछि बोर्डले यही असार १ गतेदेखि लागु हुने गरी त्यहाँ तीन महिनाका निम्ति उक्त कार्यक्रम स्थगित गरेको हो ।

“स्वास्थ्य बिमा नियमावली, २०७५ को नियम १९ ‘ख’ बमोजिम कसुर हुने कार्य गरेको पाइएकाले हाललाई तीन महिनाका लागि बिमा कार्यक्रम सेवा स्थगन गरिएको छ,” बोर्डले जारी गरेको पत्रमा उल्लेख छ ।

अतिरिक्त शुल्क असुलीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुनसरीबाट छानबिन गर्दा कसुर प्रमाणित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro