site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु
Siddhartha BankSiddhartha Bank

सानसाल्भाडोर (अमेरिका) । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एल साल्भाडोरमा सोमबार पाँचजनाको मृत्यु भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले जनाए । 

यसैगरी राजमार्गमा यात्रा गरिरहेको समयमा कारमा रूख र पोल खस्दा आइतबार दुईजनाको मृत्यु भएको थियो । शुक्रबार र आइतबारको बीचमा बाढी र पहिरोमा थप चारजनाको मृत्यु भएको अमायाले बताए । आइतबार कांग्रेसले स्रोतहरूको परिचालनलाई सहज बनाउन आपतकालीन अवस्थालाई अनुमोदन गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति नायब बुकेलेले एक्समा कांग्रेसलाई मंगलबार संघीय बिदाको आग्रह गर्दै यात्राबाट बच्न र त्रासदीको जोखिम कम गर्न आह्वान गरे । गत शनिबारदेखि नै दुवै स्थानमा वर्षा भइरहेको छ । ग्वाटेमालामा, पश्चिमी नगरपालिका सकापुलासको चाकाया गाउँमा आइतबार एक महिला र एक पुरुषको मृत्यु भएको अधिकारीहरूले जनाए । 

इक्वेडरमा पहिरोमा परी मृत्यु हुनेको संख्या ६ बाट बढेर सात पुग्नुका साथै अन्य २२ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । उनीहरुका अनुसार दक्षिणी इक्वेडरको पर्यटक तुङ्गुरहुआ प्रान्तमा भारी वर्षाका कारण पहिरो गएको हो । रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement