site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘आईडीए२१ रिप्लेनिस्मेन्ट’सम्बन्धी बैठकमा चार दिनसम्म प्रविधिकसत्रमा छलफल गरिने

काठमाडौं । विश्व बैंक समूहको ‘आईडीए२१ रिसाइकलको तेस्रो रिप्लेनिस्मेन्ट बैठक काठमाडौंमा सुरु भएको छ । मंगलबारदेखि यही असार ७ गतेसम्म काठमाडौंमा उक्त बैठक आयोजना गरिएको हो ।

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसेनवर्गलगायत उच्चपदस्थ पदाधिकारीसहित बैठकमा ६१ देशका २०० भन्दा बढी प्रतिनिधिको सहभागिता छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त बैठकको उद्घाटन गरे ।

आउँदो तीन वर्षका निम्ति आईडीए देशहरूलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र त्यसका लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृपक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्चपदस्थ पदाधिकारीबीच चार दिनसम्म प्रविधिकसत्रमा गहन छलफल गरिनेछ ।

सोही अवसरमा बैठकमा सहभागीबाट विश्व बैंक समेतका सहयोगमा नेपालमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निमाण, ऊर्जा, जलवायुलगायत क्षेत्रसँग सम्बन्धित विभिन्न नौ आयोजनाको समेत स्थलगत भ्रमण गरिनेछ । नेपालमा सञ्चालित आयोजनाको प्रगति र अवस्थाका बारेमा विश्व समुदायलाई नजिकबाट देखाउन र बुझाउन यसले अवसर प्रदान गर्ने जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro