site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाटनका वीरभान सिंह विष्टको हत्या आरोपमा तीनजना पक्राउ
Siddhartha BankSiddhartha Bank

बैतडी । पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा तीनजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पाटन–६ की २६ वर्षीया भागरथी विष्ट, पाटन–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेको प्रहरीले जनाएको छ । 

भागरथीलाई घरबाटै, राजेन्द्र र किशोरलाई भागिरहेका अवस्थामा डडेल्धुराको भत्काडाबाट पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक भूपाल थापाले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

तीन दिनदेखि बेपत्ता रहेका वीरभानको शव प्लास्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको थियो । मृतक विष्ट असार १ गतेदेखि सम्पर्कविहीन थिए । विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा भागरथीको नाममा उजुरी दिएका थिए । त्यसपछि निवेदन दिएको केही समयपछि भागरथीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

पक्राउपछि भागरथीले आफूले नै वीरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । उनले चिर्पटले हानेर वीरभानको हत्या गरेको प्रहरीसमक्ष बयान दिएको प्रहरीको भनाइ छ । 

Global Ime bank

यही असार १ गते शनिबार रातिको समयमा घरमा आएर अपशब्द प्रयोग गरेपछि सहन नसकेर चिर्पटले हानेर हत्या गरेको बयान भागरथीको रहेको प्रहरीले जनाएको छ ।

हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र शव लुकाएको र त्यसपछि प्लास्टिकमा बेरेर घाङल खोलामा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबार भागरथीको घरबाट खेतको आली हुँदै ५०० मिटर तल सडकसम्म घिसारेर शव लगेको छापहरू देखेका थिए । त्यहाँ रगतसमेत देखिएकाले प्रहरीलाई खबर गरेका थिए । 

विस्टको शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा राजेन्द्र र किशोरलाई पक्राउ गरेको हो । शव व्यवस्थापनमा सहयोग गरेका थप एक जना अझै फरार रहेको र उनको खोजी जारी रहेको प्रहरी वरिष्ठ नायब निरीक्षक थापाले बताए ।

मृतक विष्टको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement