site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
क्रसर व्यवसायीले गरे विरोध प्रदर्शन

काठमाडौं । क्रसर उद्योग नवीकरणको माग गर्दै व्यवसायीले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अगुवाइमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।

उनीहरूले दूरीसम्बन्धी मापदण्ड, २०७७ अव्यावहारिक भएकाले खारेज र ०७९ माघ ११ गते मन्त्रिपरिषद्ले गरेको ढुंगागिट्टीसम्बन्धी निर्णय कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

सरकारलाई असार १ गतेसम्म क्रसर उद्योग नवीकरणका निम्ति ‘अल्टिमेटम’ दिइएको र माग सुनुवाइ नभएकाले सडक आन्दोलन सुरु गरिएको महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताए । सरकारले आफूहरूलाई कानुनी अधिकारबाट वञ्चित गरेको उनले आरोप लगाए ।

सरकारले क्रसर उद्योगीका माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने व्यवसायीले जनाएका छन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro