site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पहिचान जोगाउन ‘राजीनामा दिन्छु’ भन्नुपर्ने बाध्यता आयो : प्रधानमन्त्री प्रचण्ड 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिचान जोगाउन ‘राजीनामा दिन्छु’ भन्नुपर्ने बाध्यता आइपरेको बताएका छन् । 

सोमबार चितवनमा सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो बाध्यता आइपरे पनि रास्वपाले राजीनामा दिन्छ भन्ने आफूलाई नलागेको बताए । “रविजीले सुरुमै भन्नुहुन्थ्यो हामी त्यस्ता हौँ भनेर, आफ्नो पहिचानका निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला । तर, मैले बुझेकोमा त्यस्तो केही पनि छैन,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार रास्वपा संसदीय दलका उपनेता तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राजीनामा गोजीमा बोकेर हिँडेको बताएका थिए । सञ्चारकर्मीहरूले त्यसैलाई आधार बनाएर प्रश्न गरेका थिए । उनले गठबन्धन परिवर्तन गरेर सय दिन सरकार सञ्चालन सन्तोषजनकै भए पनि विगतमा भनेजस्तै राष्ट्र र जनताको पक्षमा गति दिन आवश्यक भएको पनि बताए । “सय दिनको उपलब्धि समग्रमा सन्तोषजनक छ । नीति, कार्यक्रम र बजेट परिवर्तन हुन्छ । सुशासन सामाजिक न्याय र समृद्धिको पक्षमा पहल भएको छ,” उनले भने । 

बजेटप्रति एमाले अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट हुनुहुन्छ, उथलपुथल गर्ने समय आएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा भने, “केपी ओलीले बजेटमा असन्तुष्टि जस्तो मात्र देखियो, साँच्चै गर्नुभएको छैन । उथलपुथल गर्ने बेला भएको छैन यो राम्रैसँग जान्छ ।” 

Global Ime bank

उनले मिडियामा आएका विषयमा कुनै सत्यता नभएको बताए । साथै उनले आईजीपी परिवर्तन हुने कुरामा पनि सत्यता नभएको जानकारी दिए । “मैले अस्तिको दिनमात्रै तीनवटै आईजीपीलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईंहरू ढुक्कसँग काम गर्नुहोस् भनेको छु । त्यही स्प्रिटमा उहाँहरू  जानुहुन्छ । आईजीपी परिवर्तन हुँदैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement