site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा रेल दुर्घटना हुँदा पाँचजनाको मृत्यु, २५ घाइते

पश्चिम बंगाल । भारतमा एक यात्रुबाहक रेल मालबाहक रेलसँग ठोक्किँदा पाँचजनाको मृत्यु भएका छन् । आज बिहान ठोक्किँदा अन्य २५ जना घाइते भएका छन् । 

आसामबाट कोलकाताका लागि गुडेको कन्चनजंघा एक्सप्रेस रेल दार्जिलिङको पश्चिम बंगालमा कार्गो रेलसँग ठक्कर खाएको थियो ।

कार्गो रेलले पछाडिबाट एक्सप्रेस रेललाई रंगपानी स्टेसन नजिक ठक्कर दिएको जनाइएको छ । ठक्करका कारण एक्सप्रेस रेलका दुई डिब्बा लिक बाहिर पुगेको जनाइएको छ । एजेन्सी

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro