site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनमा गाडीमा निसास्सिएर आठजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

झेङ्झोउ । मध्य चीनको हेनान प्रान्तमा आइतबार बिहान एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठजनाको मृत्यु भएको स्थानीय अनुसन्धान टोलीले जनाएको छ । ती आठजना नियमविपरीत गाडीको ‘इन्सुलेटेड कम्पार्टमेन्ट’मा बसेका थिए । 

आइतबार राति १० बजेतिर गाडी ग्यास स्टेसनमा आइपुग्दा उनीहरू अचेत अवस्थामा भेटिएका थिए । येक्सियान काउन्टीको होङझुआङयाङ सहरमा सोमबार बिहान ३ बजेसम्ममा सबैजना मृत घोषित भएका थिए । 

यस घटनासँग संलग्न सवारी चालक र सम्बन्धित जिम्मेवार कर्मचारीहरूलाई हिरासतमा लिई अनुसन्धान सुरू गरिएको जनाइएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्