site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र ‘बोक्सीको घर’का निर्देशकले निर्माताप्रति लक्षित गर्दै लेखे– काम गर्ने कालु माम खाने आलु !
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ‘चलचित्र बोक्सीको घर’का लेखक, निर्देशक तथा अभिनेता सुलक्षण भारतीले यो चलचित्रको निर्माणपक्षप्रति असन्तुष्टि जनाएका छन् । चलचित्रमा सम्पूर्ण काम आफूले गरे पनि जस भने निर्माणपक्षले मात्रै लिएको उनको आरोप छ । चलचित्र ‘बोक्सीको घर’की निर्माता अभिनेत्री केकी अधिकारी हुन् । 

‘काम गर्ने कालु माम खाने आलु’ भन्ने उखानले सार्थकता पाएको उनले टिप्पणी गरेका छन् । “यो नितान्त मेरो कृति हो र निर्मातापक्षले यसमा ध्यान नदिनुले के प्रश्न खडा गर्छ ?,” सुलक्षण सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गर्छन्, “कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ?”

Prabhu Bank
Agni Group
NIC Asia

सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको उनले बताएका छन् । सर्जकका रूपमा आफूले काम गरे पनि त्यसको उचित मूल्यांकन नभएको उनको गुनासो छ । 

‘बोक्सीको घर’ले ५१ दिन मनाइसकेको छ । १० करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । 

Global Ime bank

लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रूपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित नहुने उनको भनाइ छ । 

सुलक्षणले बौद्धिक चोरी भनेको के हो ? भन्दै प्रश्नसमेत गरेका छन् । “बोक्सीको घर आखिरमा कसले बनाएको चलचित्र हो ? अब फेरि जीवनमा म जस्ताले चलचित्र किन र के का लागि बनाउने ?,” उनी लेख्छन् ।  

यो चलचित्रले राम्रो ग्रसकलेक्सन गरेपछि ‘बोक्सीको घर–२’ निर्माणको घोषणा गरिएको थियो । तर अब यसको सिक्वेल बन्छ वा बन्दैन अनिश्चित बनेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement