site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनाङमा खाद्य उत्पादन वृद्धि
प्रतीकात्मक तस्बिर

मनाङ । विकट जिल्ला मनाङमा खाद्य उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा खाद्य उत्पादनमा वृद्धि भएको तथ्यांकमा उल्लेख छ । जिल्लाको तल्लो क्षेत्रमा खेती भित्र्याउने कार्य भइरहेको छ । यस क्षेत्रमा गहुँ, जौ, उवा, फापरखेती गरिन्छ । आर्थिक वर्ष २०७९/८० माभन्दा चालु आर्थिक वर्ष २०८०/८१ मा खेती उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले जानकारी दिए ।

उनका अनुसार गहुँ उत्पादनको क्षेत्रफल नै वृद्धि भएको छ । गत वर्ष १०५ हेक्टर क्षेत्रफलमा गरिएको गहुँखेती २३१ मेट्रिकटन उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा खेतीयोग्य भूमि वृद्धि भएर ११० हेक्टर क्षेत्रफलमा गरिएको गहुँ खेती २१८ मेट्रिकटन उत्पादन भएको रेग्मीले बताए ।

Dabur Nepal
NIC Asia

आर्थिक वर्ष २०७९/८० मा ५५ हेक्टर क्षेत्रफलमा गरिएको जौखेती १२१ मेट्रिकटन उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा ५० हेक्टर क्षेत्रफलमा मात्रै जौखेती गरिएको छ । उक्त क्षेत्रफलमा गरिएको जौखेती ९८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्षमा ६७ हेक्टर क्षेत्रफलमा उवाखेती गरिएको थियो । उक्त क्षेत्रफलमा गरिएको खेतीबाट १४० मेट्रिकटन उत्पादन भएको छ । चालु आर्थिक वर्षमा क्षेत्रफल घटेर ६५ हेक्टरमा मात्रै उवाखेती १२८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत वर्ष ३०२ हेक्टर क्षेत्रफलमा गरिएको फापरखेती ३२० मेट्रिकटन उत्पादन भएको छ । माथिल्लो मनाङमा फापर छर्ने कार्य भइरहेको छ । तल्लो मनाङमा यतिबेला गहुँ, जौ, उवाखेती थन्क्याउने काम सकिएको छ भने समुद्री सतहबाट तीन हजार ५०० मिटर उचाइसम्मको माथिल्लो क्षेत्रमा गरिएको खेतीमा बाला लागिरहेको प्रमुख रेग्मीले बताए । 

जिल्लामा दुई हजार १७ हेक्टर क्षेत्रफलमा खेतीयोग्य भूमि रहेको छ । त्यसमध्ये एक हजार ६३ हेक्टर सिञ्चित क्षेत्र हो । समुद्री सतहदेखि एक हजार ८०० देखि तीन हजार ५०० मिटर उचाइसम्म खेतीयोग्य भूमि रहेको छ । यहाँ आलु, गहुँ, करु, उवा, कोलु बोडी, जौलगायत अन्नबालीको उत्पादन हुन्छ । यहाँ धानखेती भने हुँदैन ।

विगतको तुलनामा सिञ्चित क्षेत्रमा नै खेती कम गरिएको पाइन्छ । समयमा हिउँ नपर्दा उत्पादनमा ह्रास आउने र खेतीतर्फ स्थानीयले चासो कम दिएको पाइएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro