site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरू भएको छ ।

रघुगंगा गाउँपालिका–१, तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाउने र स्तरोन्नति गर्ने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

तिप्ल्याङको ५०० मिटर बजार क्षेत्रमासडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । पर्वतको मालढुंगाबाट मुस्ताङको कोरला नाकासम्म २०२ कलोमिटर लामो बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत विभिन्न खण्डमा स्तरोन्नति र कालोपत्र भइरहेको छ ।

वि.सं. २०७४ जेठ ५ गते सम्झौता भई आगामी पुसको ८ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गलेश्वरबाट तातोपानीसम्मको सडकखण्डमा हालसम्म करिब ९० प्रतिशत प्रगति भएको छ । यस खण्डको कुल लागत रु ६२ करोड ४४ लाख छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  ११:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement