देश
काठमाडौं । वडाध्यक्षको हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव पक्राउ परेका छन् । प्रहरीले रसुवाको गोसाइकुण्ड नगरपालिका–२ का वडा सचिव ४७ वर्षीय वाङ्दी तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले वडाध्यक्ष कामी छिरिङ तामाङको अनुपस्थिमा किर्ते हस्ताक्षर गरेका थिए । उनले आफ्नो नाममा रहेको साविकको टिमुरे गाविस वडा नम्बर ८ मा रहेको कित्ता नम्बर १२९ क्षेत्रफल १–१२–२–० को जग्गा पास गर्न घरबाटो सिफारिसमा आफैँले वडाध्यक्षको हस्ताक्षर गरेका थिए ।
वडाध्यक्षले किर्ते हस्ताक्षर गरेका वडा सचिवमाथि कारबाहीको माग गरेर प्रहरीमा निवेदन दिएका थिए । रसुवा जिल्ला अदालतले अनुमति दिएसँगै आज उनलाई पक्राउ गरिएको हो ।
प्रकाशित मिति: आइतबार, असार ९, २०८१ २१:१२
प्रतिक्रिया दिनुहोस्