site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीमा एमाले सांसदलाई सोधियो स्पष्टीकरण
गणेशमान गुरुङ । फाइल तस्बिर ।

पोखरा । गण्डकी प्रदेशमा नेकपा (एमाले)का एक प्रदेशसभा सदस्यलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण सोधेको विषय बाहिरिएकामा एमाले संसदीय दलका प्रमुख सचेतक भने रुष्ट छन् ।

प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेशसभा सदस्य गणेशमान गुरुङलाई शनिबार स्पष्टीकरणपत्र थमाएका छन् । उक्त पत्रमा ‘ह्वीप लगाइसकेको अवस्थामा सांसद गुरुङ प्रदेशसभा बैठक छाडेर किन बाहिरिएको ?’ भनि सोधिएको छ ।

शुक्रबार (हिजो)को प्रदेशसभा बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । बैठकमा आफ्ना सांसदलाई विपक्षमा ध्वनिमत दिन एमालेले ह्वीप जारी गरेको थियो । तर, नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिँदा सांसद गुरुङ त्यहाँ थिएनन् । सोही कारण एमाले प्रमुख सचेतक नेपालीले गुरुङलाई स्पष्टीकरणपत्र थमाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सांसद गुरुङले भने आफूले मोबाइल घरमै भुलेर गएका कारण ह्वीपबारे कुनै जानकारी नभएको हुँदा प्रदेशसभाबाट बाहिरिएको बताएका छन् । आफूलाई थाहै नभएको विषयमा स्पष्टीकरण सोधिनुलाई उनले राजनीतिक पक्षधरता पनि हुन सक्ने आशंका गरे ।

किनभने, एमाले संसदीय दलका नेता खगराज अधिकारीले गण्डकीमा एउटा समूहको प्रतिनिधित्व गर्छन् । सांसद गुरुङ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका हुन् ।

Global Ime bank

स्पष्टीकरणका विषयमा सांसद गुरुङको भनाइ पढ्नोस्–
हिजो नीति तथा कार्यक्रम पारित गर्ने दिन थियो, महत्त्वपूर्ण हुनु स्वाभाविक हो । प्रदेशसभा बैठक हुने हरेक दिन संसदीय दलको बैठक हुने गर्थ्यो । अस्ति थियो, तर हिजोचाहिँ थिएन । म समयमा नै गएको छु । मैले साथीहरूसँग आज केही रहेन छ कि क्या हो भनेर सोधेँ, उहाँहरूले केही छैन भन्नुभयो । हिजो प्रदेशसभा बैठकमा पनि लाइन नआएका कारण एसीको समस्या थियो । प्रदेशसभाको जनाउ घण्टी बज्यो, भित्र गएँ । हिजो बैठक पनि ढिला गरी सुरु भयो । ११ बजे भनेता पनि समयमा सुरु भएन ।

प्रदेशसभाको हलको पहिलो रोमा दलको नेता, दोस्रो रोमा प्रमुख सचेतक बस्नुहुन्छ । मेरो सिट तेस्रो रोमा हो । गर्मीका कारण म भित्र–बाहिर गरिरहेको थिएँ । मैले मेरो प्रस्तुति राखेँ । राखिसकेपछि ह्वीप पनि छैन, मेरो बाहिर विशेष काम पनि थियो, दिनको सवा २ बजेतिर म निस्केँ ।

हिँडेपछि सवा ४ बजेदेखि मेरोमा फोनहरू आएको रहेछ, मैले उठाइन, केयर नै गरिनँ भनौँ । मेरो काम थियो, म काममा नै ध्यान दिएँ । बेलुका ६ बजेतिर हेरेको फोनहरू आएको रहेछ । अर्का माननीयले फोन गर्नुभएको रहेछ, मैले उठाएँ । उहाँले सोध्नुभयो– किन आउनु भएन ?

मैलेचाहिँ आज ह्वीप छैन, बहुमत पु¥याउने सरकारले हो, हामी नभए पनि हुन्छ, नीति तथा कार्यक्रम पास गर्ने पनि उनीहरूको कुरा हो भनेँ । ह्वीप पनि छैन भनेपछि म हिँडेकै हो । तर, आज बिहान प्रमुख सचेतकले मैले तपाईंलाई १ बजेर १ मिनेट जाँदा म्यासेज पठाएको छु भन्नुभयो ।

हाम्रो प्रदेश सांसदको म्यासेन्जर ग्रुप छ, त्यहाँ म्यासेज छैन भनेर मैले भनेँ । उहाँले चाहिँ पठाएको छु भन्नुभयो । मैले आज बल्ल साढे ३ बजे म्यासेज देखेँ, उहाँले म्यासेन्जरमा नभई मोबाइल नम्बरमा पठाउनुभएको रहेछ ।

मैले तपाईंपछाडिको रोमा छु, साढे २ बजेसम्म सदनमा नै छु, त्यतिन्जेल मलाई कसैले जानकारी गराउनु भएन, मैले मोबाइल घरमा भुलेकै हो । मैले म्यासेज कति बेला हेरेको रहेछु, अहिलेको प्रविधिले हेर्न मिल्ला नि त, मैले त्यही भनेँ ।

बाघ कराएको, बाख्रा हराएको पनि हुनसक्छ । अहिले अधिवेशनहरू भइरहेका छन्, त्यता गएको हो कि भन्ने पनि लागेको होला । मलाई आज स्पष्टीकरणपत्र बुझाएपछि मैले उहाँलाई माथिकै कुराहरू भनिसकेँ । पत्र बुझेपछि मैले तपाईंले पठाएको म्यासेज कति बेला हेरेँ चेक गराउनुहोस् भनेको छु । मैले थाहा नै नपाएको कुरामा कसरी ह्वीप उल्लंघन हुन्छ त ?

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  २२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय