site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक

स्विट्जरल्यान्ड । राष्ट्रपति रामचन्द्र पौडेल यहाँस्थित नेपाली राजदूतावासद्वारा उनको सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।  

उक्त अवसरमा राष्ट्रपति पौडेललाई स्विट्जरल्यान्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी तथा यहाँस्थित नेपालीहरूले स्वागत गरेका थिए । सो अवसरमा राजदूत सुवेदीले स्वीस–नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे जानकारी गराए ।  

Argakhachi Cement Island Ad

स्विट्जरल्यान्डमा रहेका नेपालीबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिबालयले जनाएको छ । समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्विट्जरल्यान्डका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृड गराएको बताउँदै आईएलओको कार्यक्रममा उनको सम्बोधनले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गरे । 

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठनको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार  मूख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । 

उनी जर्मनीको भ्रमणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्