अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेवाबी सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला १० रुपैयाँ घटेर एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ १२:१२
प्रतिक्रिया दिनुहोस्