राजनीति
धनुषा । मधेस प्रदेशको मुख्यन्यायाधिवक्तामा सुरेन्द्रकुमार महतो नियुक्त भएका छन् । वीरेन्द्रकुमार ठाकुरले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महतोलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।
मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार हो । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मुख्यन्यायाधिवक्तामा महतोलाई नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सबैला नगरपालिका–६ स्थायी ठेगाना भएका महतोलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१ २१:१६
प्रतिक्रिया दिनुहोस्