site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एसएसपीमा बढुवा भएका चारसहित १० प्रहरी अधिकारीले लगाए दर्ज्यानी चिह्न
SkywellSkywell

काठमाडौं । बढुवा भएका १० प्रहरी अधिकारीले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले बढुवा भएका १० प्रहरी अधिकारीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

चारजना प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुईजना (प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएका थिए । अन्य भने प्राविधिक समूहतर्फका अधिकारी छन् ।

Dabur Nepal
NIC Asia

एसएसपीमा बढुवा हुनेमा श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरूङ छन् । उनीहरू गृहमन्त्रीस्तरको यही जेठ २९ गतेको निर्णयअनुसार बढुवा भएका थिए ।

अन्यलाई नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको निर्णयबाट जेठ ३० मा बढुवा गरेका हुन् । प्रदीपबहादुर क्षेत्री, नारायण रंजितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरूमा उमेशप्रसाद साह र ई.मुकेश तिवारीको बढुवा भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu