site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तोसिमा कार्कीको प्रस्ताव– बजेट निर्माणका लागि छुट्टै ऐन बनाऔँ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले बजेट निर्माणका लागि सबै सांसदहरूले मिलेर छुट्टै ऐन तर्जुमा गर्न प्रस्ताव गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा उनले बजेट निर्माणमा तलमाथि हुन नदिन पनि छुट्टै व्यवस्था आवश्यक रहेको बताइन् ।

Argakhachi Cement Island Ad

"हामी २७५ जना सांसदहरूले औपचारिक तथा अनौपचारिकरूपमा यो प्रस्ताव भएन, यो प्रक्रिया मिलेन, सेटिङमा गरियो, आफ्नो निर्वाचन क्षेत्रमा मात्र लगियो, यसलाई सुधार गर्नुपर्छ भनिरहँदा आउनुस्न, संकल्प गरौँ । म एउटा प्रस्ताव यहाँ अनुरोध गर्न चाहन्छु– सबै सांसदहरू मिलेर एउटा बजेट निर्माण ऐन तर्जुमा गरौँ । त्यो ऐन बनाऔँ," उनले भनिन् ।

सांसद कार्कीले सरकारले प्रस्तुत गरेको मन्त्रालयगत बजेट विनियोजनमा स्पष्ट कार्यक्रम आउन नसकेको पनि टिप्पणी गरिन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्