site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जेलेन्स्कीको गृहनगरमा रुसी आक्रमण : नौजनाको मृत्यु, २९ घाइते

किभिभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रसियाले मिसाइल आक्रमण गर्दा कम्तिमा नौजनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । 

सो आक्रमण युक्रेनको दक्षिणी सहर क्रिभ्यी रिहमा भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनको महान्यायाधिवक्ताको कार्यालयले जनाएअनुसार बुधबार आवासीय भवनमा भएको सो आक्रमणमा पाँच बालबालिका पनि घाइते भएका छन् । यसअघि चारजना हराइरहेको जनाइएको थियो ।

Dabur Nepal
NIC Asia

आपतकालीन सेवा, प्रहरी र स्वयंसेवकहरू विध्वंस भएको स्थलमा खटेका छन् भने सो क्षेत्रमा खोजीका लागि कुकुर पनि परिचालन गरिएको छ । 

रसियाको रक्षा मन्त्रालयले सार्वजनिक रूपमा सो क्षेत्रमा गरिएको आक्रमणबारे टिप्पणी गरेको छैन । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पीडितका आफन्त र परिवारप्रति सहानुभूति प्रकट गरेका छन् । बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro