site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जसपा नेपालको केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया जारी छ ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । जसका लागि बुधबार बिहान उमेदवारी दर्ताको कार्य भएको निर्वाचन समितिले जनाएको छ । 

Dabur Nepal
NIC Asia

समितिमा पदाधिकारी २०, सदस्य १८१ गरी २०१ सदस्यीय केन्द्रीय समिति रहने छन् । पदाधिकारीमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एकजना रहने प्रावधान छ । सोहीअनुसार उक्त पदमा उमेदवारी दिने कार्य अगाडि बढाइएको हो । 

पार्टीको विधानअनुसार महिला, आदिवासी/जनजाति, मधेसी, खस आर्य, थारु, दलित, मुस्लिम, अपांगता र अल्पसंख्यक, प्रवास समूह समेतको संख्या सुनिश्चित गरिएको छ । अध्यक्षमा उपेन्द्र यादव नै रहने सुनिश्चित भएको छ भने अन्य पदमा मित्रवत प्रतिस्पर्धा हुने भएको जनाइएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro