site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजवादी मोर्चामा विचलन देखियो : विप्लव
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा विचलन आएको बताएका छन् ।

सोमबार जनकपुरमा भएको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उनले नेपालमा समाजवादी मोर्चाको आवश्यकतालाई देखेर मोर्चा बने पनि पछिल्लो समय विचलन आएको र व्यस्थितरूपमा लग्न छलफल जारी रहेको बताए ।

उनले नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता रहेको भन्दै मोर्चालाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे । उनले विश्व बजार, पैसा, अर्थतन्त्रको संकटलाई बहाना बनाएर युद्धबाट श्रमिक जनतामाथि खेलबाड गर्ने काम भइरहेको बताए । यस्तो कार्यले संसारलाई तेस्रो विश्व युद्धतिर लगिरहेको उनको भनाइ छ ।

उनले ठूलो परिर्वतनपछि पनि नेपालमा जनताले न्याय नपाएको बताए । उनले नेपालमा श्रमिक जनता सचेत भएर अग्रगामी निकासको पक्षमा नभए ठूलो षड्यन्त्र हुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro