site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महँगी ४.४० प्रतिशत, सबैभन्दा बढी महँगो तरकारी

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ४.४० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको सोही महिनामा यस्तो महँगी ७.४१ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको महँगी २.९६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

Argakhachi Cement Island Ad

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक सबैभन्दा बढी छ । तरकारी उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरूको ७.२५ प्रतिशतले बढेको छ ।

त्यसैगरी घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ७.१३ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्