site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट अभावमा सवारी दुर्घटना न्यूनीकरणको काम प्रभावकारी भएन : मन्त्री महासेठ
फाइल तस्बिर

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री रघुवीर महासेठले बजेटको अभावमा सडक दुर्घटना न्यूनीकरणको कामलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन् । 

सोमबार राष्ट्रियसभा बैठकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका महासेठले सो बताएका हुन् । 

उनले आगामी आर्थिक वर्षको बजेटमा भने सडक दुर्घटना न्युनीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको दाबी पनि गरे । “हाम्रो मन्त्रालयले पनि, सडक विभागले पनि जुन प्रकारले त्यसको व्यवस्थापन सक्नुपर्ने हो । तर, अर्थको अभावमा हुन सकिरहेको छैन । तर यसपालि २०८१/८२ को बजेटमा हामीले यी कुराहरुको व्यवस्थापनको लागि पनि बजेट छुट्याएका छौँ,” उनले भने । 

मन्त्री महासेठले संविधानअनुसार सडकमा हुने दुर्घटना न्यूनीकरणको काम प्रदेश सरकारलाई जिम्मा दिइएको र संघीय सरकारले त्यसका लागि आवश्यक ऐन, कानुन बनाउने काम गरिरहेको जानकारी दिए । 

उनले सवारीसाधन अनुमति पत्र (लाइसेन्स) दिन काममा पनि प्रदेश सरकारलाई संघीय सरकारले हस्तक्षेप नगर्ने बताए । “यातायात व्यवस्था विभागको काम भनेको ऐन बनाउने र कार्यान्वयनका लागि तल पठाउने हो । लाइसेन्स दिने काम पनि अब तलबाटै हुन्छ । त्यसमा संघीय सरकारको कुनै हस्तक्षेप हुँदैन । हामीले पटक पटक उहाँहरूलाई निर्देशन दिइरहेका हुन्छौँ,” उनले भने । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro