site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले विश्वासको मत दिने भएका छन् ।

मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । त्यसपछि राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले विश्वासको मत दिने बताएका हुन् । गण्डकी प्रदेशसभामा राप्रपाका तर्फबाट दुई सदस्य छन् ।

Dabur Nepal
NIC Asia

आफ्नो दल नेपाली कांग्रेस राप्रपाको समर्थनसँगै पाण्डेलाई सरकार टिकाउन अब थप दुई सांसदको मत आवश्यक पर्छ ।

विश्वासको मत प्राप्त गर्न ३१ सांसदको समर्थन चाहिन्छ । कांग्रेसका २७ प्रदेशसभा सदस्य छन् । राप्रपाका दुईसहित, नेपाल समाजवादी पार्टी (नेसपा)का एक र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)लाई आफ्नो पक्षमा ल्याउने र विश्वासको मत पाउनेमा उनी आशावादी देखिएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro