site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट 

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन् ।

उक्त अवसरमा राष्ट्रपति मुर्मू र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ उनका भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएका थिए । शपथग्रहणपछि प्रचण्ड र मोदीबीच भेटवार्ता भएको थियो ।

उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई बधाई दिँदै उनको आउँदो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

आइतबार साँझ नै राष्ट्रपति मुर्मूले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए ।

आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने तय छ । प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro