site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आमाको हत्या आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भोजपुरमा आफ्नी आमाको हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अरुण गाउँपालिका–४, चरम्बीका ३४ वर्षीय मिलन तामाङ छन् ।

६८ वर्षीया नीरकुमारी तामाङको हत्या गरेको उनीमाथि आरोप छ । आइतबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

मिलनले खुर्पा प्रहार गरी आमा नीरकुमारीको हत्या गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro