site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा बिहानैदेखि वर्षा, वाग्मतीसहित यी प्रदेशमा दिउँसो पानी पर्ने 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा हुनेछ । केही स्थानमा बिहानैदेखि वर्षा सुरु भएको छ । 

कोसी प्रदेशका एकदुई स्थानमा बिहान हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली छ ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशका थोरै तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

विभागले राति कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशका थोरै तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro