site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कञ्चनपुर पुगेर इजरायली राजदूतले भने– विपीनको रिहाइको पहल जारी छ, ढुक्क हुनुहोस्

महेन्द्रनगर । नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि इजरायल सरकार लागि परेको बताएका छन् ।

आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगरस्थित विपीन जोशीको घरमा पुगेको गोडर नेतृत्वको टोलीले जोशीको पारिवारिका अवस्थाबारे जानकारी लिएको थियो । राजदूत गोडारले विपीनलाई इजरायली नागरिकसरह सम्झेर खोजी जारी राखेको बताए ।

Dabur Nepal
NIC Asia

“विपीनले घटनाका बेला धेरैको ज्यान बचाएर आफू हमासको कब्जामा परे,” उनले भने, “यस विषयमा इजरायल सरकार सक्रिय भएर खोजीमा जुटेको छ ।”

विपीनका भाइ नाता पर्ने किशोर जोशीले राजदूत गोडरसँग जोशीको परिवारले रिहाइका लागि पहल गरिदिन र उनको अवस्थाबारेमा जानकारी मागेको बताए ।

“राजदूतले खोजी जारी राखेका छौँ, ढुक्क हुनुहोस् भन्नुभयो,” जोशीले भने, “उहाँले परिवारका हामी सदस्यसँग भेटघाटका लागि यहाँ आउनुभएको रहेछ ।”

जोशीले आठ महिनाभन्दा बढी समय बितिसक्दा पनि विपीनको अवस्थाबारे जानकारी हुन नसक्दा परिवार तनावग्रस्त रहेको बताए ।

राजदूत गोडरसँगै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तसहित विश्वविद्यालयका अन्य पदाधिकारीहरू सहभागी थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro