site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हरेक महिना चोरिएका ४० वटा दुई पांग्रे सवारी नियन्त्रणमा लिन्छ प्रहरी, हराउँछन् कति ?

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका १९ वटा दुईपांग्रे सवारी साधन नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई बुझाएको छ । विभिन्न मितिमा हराएको उजुरीका आधारमा उपत्यकाको विभिन्न ठाउँबाट नियन्त्रणमा लिएर प्रहरीले सवारीधनीलाई आइतबार हस्तान्त्रण गरेको हो ।

कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार १९ वटा दुई पांग्रे सवारीमध्ये ६ वटा स्कुटर र १३ वटा मोटरसाइकल छन् । चोरी गरिएकामध्ये अधिकांश सवारी साधनको वास्तविक नम्बर प्लेटमा नक्कली प्लेट राखेर चलाएको अवस्थामा फेला परेका छन् ।

Dabur Nepal
NIC Asia

पछिल्लो सयम अधिकाशं मोटरसाइकलहरू नागढुंगा, बौद्ध, एयरपोर्ट, काँडाघारी, सुकेधारा, महाराजगञ्ज, नयाँ बसपार्क, नेपालटार, माकलबारी, स्वयम्भू, सोह्रखुट्टे र ठमेललगायतका स्थानबाट बढी हराउने गरेको उजुरी प्रहरीमा पर्ने गरेको छ ।

ट्राफिक प्रहरीले आइतबार बुझाएको १९ वटा सवारीबाहेक चालु आर्थिक वर्षमा मात्रै चोरी भएर नियन्त्रणमा लिएका ३८३ वटा सवारीसाधन सम्बन्धित धनीलाई बुझाएको छ ।

यसरी चालु आर्थिक वर्षको कुल १० महिनामात्रै प्रहरीले ४०२ सवारीसाधन फेला पारेको हो । त्यसमध्ये १७ वटा सवारीसाधन भन्सार छली गरेर नेपाल भित्र्याएको खुलेको छ ।

यसरी सवारी साधन चोरीमा संलग्न ३६ जनालाई पक्राउ गरेर प्रहरी परिसर काठमाडौं मातहतका विभिन्न कार्यालय बुझाएको एसएसपी श्रेष्ठले बताए ।

प्रहरीले सवारी धनीहरूलाई चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न तथा ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्न समेत सुझाव दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २१:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro