site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मोदीको शपथ ग्रहणअघि कस्तो छ दिल्लीको सुरक्षा व्यवस्था ?
SkywellSkywell

काठमाडौं । नरेन्द्र मोदीले लगातार तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिनु अगाडि भारतको राजधानी दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोदीले आइतबार साँझ साढे ७ बजे तेस्रो कार्यकालको शपथ लिँदै छन् । शपथ ग्रहणको विशेष समारोह राष्ट्रपति भवनमा हुनेछ ।

यसैकारण खासगरी राष्ट्रपति भवन वरपरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । भारतीय मिडियाका अनुसार दिल्लीमा पाँचस्तरीय सुरक्षा व्यवस्था लागु गरिएको छ । जसअनुसार राष्ट्रपति भवन वरपर क्षेत्रमा अर्धसैनिक बलका पाँचवटा कमान्ड खटाइएको छ । उक्त क्षेत्रमा एनएसजीका कमान्ड र स्नाइपर्स पनि तैनाथ गरिएको छ ।

Dabur Nepal
NIC Asia

शपथ ग्रहण समारोह हुने क्षेत्रको निगरानी ड्रोनबाट भइरहेको छ । यी सबको अलवा लगभग दुई हजार ५०० प्रहरी राष्ट्रपति भवन वरपर खटाइएको छ । 

दिल्ली ट्राफिक प्रहरीले विशेष ट्राफिक एड्भाइजरी जारी गरेको छ । ट्राफिक प्रहरीले राष्ट्रपति भवन वरपरको केही सडकमा दिउँसो २ बजेदेखि राति ११ बजेसम्म सवारी साधान आवातजावत रोक लगाएको छ । सरकारी बसलाई पनि राष्ट्रपति भवन वरपर उक्त समयमा गुड्न दिइएको छैन ।

मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) का सदस्य नेपाल, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्स सरकार प्रमुखहरू दिल्ली पुगिसकेका छन् ।

सार्क राष्ट्रका सरकार प्रमुखलाई उनीहरू बसेको होटलबाट राष्ट्रपति भवनसम्म पुर्‍याउन र ल्याउन गाडीको विशेष व्यवस्था गरिएको छ । 

भारतको १८औँ लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिटमा जित हात पारेको छ । भारतीय जनता पार्टी (भाजपा) एक्लैले २४० सिट जितेको छ ।

बहुमतका लागि २७२ सिट आवश्य पर्छ । भाजपाले एक्लै बहुमत ल्याउन नसकेपछि गठबन्धनको साथ लिएर मोदीले सरकार बनाउन लागेका हुन् । अघिल्ला दुई लोकसभा निर्वाचनमा भाजपा एक्लैले बहुमत ल्याएर सरकार बनाएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu